१८ बैशाख २०८१, मंगलवार

दक्षिण अफ्रिकाका राजाको निधन

king f

दक्षिण अफ्रिकाको जुलु समुदायका राजा गूडविलको ७२ बर्षको उमेररमा निधन भएको छ ।मधुमेहसँग सम्बन्धित रोगका कारण गम्भीर बिरामी ज्वेलिथिनीको उपचारका क्रममा निधन भएको हो ।

सन् १९४८ मा उत्तरी दक्षिण अफ्रिकाको नोङ्गोमामा जन्मनु भएका गूडविल सन् १९६८ देखि पाँच दशकसम्म राजगद्दीमा रहनु भएको थियो ।

जनतामाझ निकै नै लोकप्रिय ज्वेलिथिनीको निधनले दक्षिण अफ्रिकाको जुलु समुदायका सर्वसाधारण शोकमा डुबेका छन् ।राजाको निधनको खबरले उनीहरुबीच रुवाबासी चलेको छ ।