१५ चैत्र २०८०, बिहीबार

हड्डीमा लुकेको छ ओमिक्रोनकाे उपचार, दक्षिण अफ्रिकाबाट सकिन्छ सिक्न

istockphoto 483617023 170667a

दक्षिण अफ्रिकाबाट फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरिएण्टका विरुद्ध संसार नै लडिरहेको छ । हुनतः डेल्टा भाइरसको तुलनामा ओमिक्रोन भेरिएण्ट धेरै खतरायुक्त होइन । दक्षिण अफ्रिकामा ओमिक्रोम भाइरसका संक्रमित अब लगातार कम भइरहेका छन् । डिसेम्बर महिनामा यो भेरिएण्टको पहिलो संक्रमित फेला परेको थियो ।

एक महिना पछि दक्षिण अफ्रिकामा कोरोनाको संक्रमितको संख्यामा कमी आएको छ । यसरी दक्षिण अफ्रिकामा ओमिक्रोन भेरिएण्टबाट संक्रमितको संख्यामा कमी आउनुको कारणबारे रिसर्च टोलीले नौलो उपाय पत्ता लगाएको छ । अफ्रिकाको केपटाउन युनिभर्सिटीको एक रिसर्चले हड्डीमा रहेको बोन म्यारोमा रहेको विशेष कोशिकाहरुको टी सेलबाट दक्षिण अफ्रिकाले ओमिक्रोन भेरिएण्टको संक्रमण नियन्त्रण गर्न सफलता मिलेको छ ।

ओमिक्रोनलाई जित्न हड्डीमा रहेको बोन म्यारोमा रहेको कोशिकाहरु (टी सेल)को महत्वपूर्ण भूमिका रहेको बताइएको छ । मानिसको शरीरमा दुई प्रकारका कोशिकाहरु हुन्छन् । पहिलो सेता रक्तकोष र राता रक्तकोष हुन्छन् । यिनले मानिसको शरीरमा कुनै पनि प्रकारको भाइरसले आक्रमण गर्दा त्यसलाई पहिचान गरी मार्ने काम गर्दछ ।

दक्षिण अफ्रिकामा कोरोनाको खोप लगाइसकेका वा संक्रमित मध्ये ७० देखि ८० प्रतिशत विरामीमा टि सेल्सको विरुद्ध राम्रो प्रतिक्रिया आएको छ । टी सेल तपाइँलाई संक्रमित हुनबाट रोक्दछ तर संक्रमण पश्चात शरीर भित्र पस्ने बित्तिकै भाइरसलाई मार्दछ । दक्षिण अफ्रिकामा मानिसहरुको टी सेल्सलाई मजबुत बनाउनका लागि खोप लगाउने कार्यलाई तीब्र पारी ओमिक्रोनलाई हराइएको हो ।