४ बैशाख २०८१, मंगलवार

बालकको शब भेट्यो, दुई पक्राउ

bal 1 750x375 1

जितपुर (बारा) । बारामा बालकको हत्या गरि फालिएको शब फेला परेको छ ।

जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.२३ निवासी सहिद मिया अंसारीको सव फेला परेको हो । कुहिएको अवस्थामा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १० बेहरा नदीको छेउमा अंसारीको शब फेला परेको थियो । प्रहरीले अनुसन्धानको क्रममा शंकास्पद स्थानीय दुई जना ब्यक्तिलाई नियन्त्रणमा लिएको छ । बिहान खेतमा काम गर्न गएकाहरुका लागि खाना लिएर खेतमा जाने क्रममा एक स्थानीय महिलाले उक्त शवलाई देखेर गाउँलेहरुलाई जानकारी गराएकी थिईन् । नदिको छेउमा रहेको घाड्ीमा फालिएको अवस्था भेटिएको उक्त शव लगभग सडेर गलिसकेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपक्षिक गौतम मिश्रले जानकारी दिनुभयो । प्रहरीले बालकले लगाएको कपडा र चप्पलबाट फेला परेको शब अंसारीकै भएको परिवारजनले शबको पहिचान गरेको प्रहरी प्रबक्ता मिश्रले बताउँनु भयो । घटना बार थप अनुसन्धानका लागि प्रदेश कार्यालयबाट कुकुरको प्रयोग गरिने जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान गरिरहेको जनाएको छ । जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ बस्ने अंसारी फागुन ११ गते जन्तीमा आएको डिजे हेर्न गएका बालक हराएको प्रहरीमा निवेदन परेको थियो ।

प्रहरीले खोज तलास गर्दै आएको तर, बालक फेला परेको थिएन् । प्रहरीले शबको प्रकृती हेरेर बालक हराएकै दिन उनको हत्या भएको हुन सक्ने अनुमान गरेको छ । यसभन्दा अगाडि पनि बाराको जीतपुरबाट हराएको बालकको शब हत्या गरि सडेका अवस्थामा फेला परेको थियो ।