२० बैशाख २०८१, बिहीबार

मध्यपूर्वमा उत्पन्न तनाव बढेपछि अमेरिकी फुटबल टोलीको कतार यात्रा रद्द

football qatarrr 20200104114846

खेलका लागि कतार आउन तयारी अवस्थामा रहेको अमेरिकी फुटबल टोलीले आफ्नो योजना रद्द गरेको छ ।

इरानी फौजका कमाण्डरको हत्यापछि मध्यपूर्वमा उत्पन्न तनावका कारण यस्तो निर्णय गरेको बताइएको छ । पुरुष फुटबल राष्ट्रिय टोलीले शुक्रबार विज्ञप्ति निकाल्दै जनवरीको कतार यात्रा रद्द भएको जानकारी गराएको हो ।

दोहास्थित कतारमा अमेरिकी फुटबल टोली २० दिनका लागि खेल्न आउने कार्यतालिका थियो । जुन वार्षिक कार्यतालिकाकै एक तालिम थियो । अमेरिकी फुटबल टिमका कोच ग्रेग बराल्टरले आफ्ना २५ खेलाडीको यात्रा रद्द भएको जानकारी दिएका छन् ।

अमेरिकी हवाइ हमलासँगै इरानसँग तनाव बढिरहँदा अमेरिकी पक्षबाट यस्तो निर्णय भएको हो । शुक्रबार मात्रै अमेरिकी हवाइ हमलाबाट इरानी फौजका कमाण्डर कुसाम सोलेमानी मारिएका थिए । जुन हमलालाई अमेरिकी रक्षा मन्त्रालयले राष्ट्रपतिको निर्देशनु भनेको छ । यता इरानमा भने अमेरिका विरुद्ध विशाल प्रदर्शन भएको छ ।