
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरी दुई चरणमा २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभा चुनावको मिति तोकेकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद भंग गरेकी हुन। साथै चुनाव वैशाख १७ र २७ गते हुने घोषणा गरेकी छन्।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेर नयाँ चुनावको मिति घोषणा गरेको उल्लेख छ ।
