७ बैशाख २०८१, शुक्रबार

कम्युनिस्ट आन्दाेलन समाप्त गरेकाेमा ओली र भण्डारीलाई बधाई दिऔँ : रामकुमारी झाँक्री

Ram Kumari Jhakri

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कि नेतृ रामकुमारी झाँक्रीले चर्को आलोचना गरेकी छन् ।

झाँक्रीले संसद विघटन गरेकोमा केपी ओली र विद्या भण्डारीलाई बधाई दिँदै लोकतान्त्रिक गणतन्त्रका लागि पुनः एकपटक लड्न आह्वान गरेकी छिन् ।

नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा संसद विघटन गरेपछि यस्तो प्रतिक्रिया दिएकी हुन् । ‘आउनुस् लोकतान्त्रिक गणतन्त्रको लागि एकपटक फेरी लडौं,’ उनले भनेकी छिन्, ‘केपी ओली र विद्या भण्डारीलाई बघाई दिऊँ कम्युनिष्ट आन्दोलन समाप्त गरेकोमा ।’

उनले यो क्षणलाई सबैभन्दा बढी मर्माहत हुने क्षणको रुपमा चित्रित गरेकी छिन् । ‘यो भन्दा मर्माहत हुने क्षण अरू के हुनसक्छ ? हामीले लडेर ल्याएको व्य वस्थामा बागको छालामा स्यालको रजाई गरेका थिए यिनीहरूले ।’

आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस यरेका थिए । दिउँसो त्यो प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकि हुन ।