
सरकारले व्यापार व्यवसाय सहज रुपमा सञ्चालन गर्न पाउने निर्णय गरेको छ। सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको हो।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले सबै उद्योग, व्यापार व्यवसाय पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको हो ।
त्यस्तै स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला हुने भएको छ । जसमा निजी क्लिनिक समेत सञ्चालन हुनेछन् ।
अन्य किसिमका सेवा क्षेत्रलाई सञ्चालन गर्ने निर्णय गरेपनि सपिङ मल, सिनेमा हल, स्वीमिङ पूल भने सञ्चालन गर्न नपाउने खतिवडाले बताए । यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ ।
टेक अवे सेवा दिने गरी रेस्टुरेन्ट खुला, होटल र नाइट क्लब बन्द
सरकारले प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्टहरु खुला गर्न दिने भएको छ । त्यसअनुसार पहिलो २१ दिने योजना सार्वजनिक भएको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले लकडाउन खुकुलो बनाएको हो ।
सञ्चारमन्त्री डा. खतिवडाले प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्ट खुला गर्न दिइनेछ । होटल तथा नाइट क्लबहरु भने खुल्ने छैन ।