८ बैशाख २०८१, शनिबार

जोर-बिजोरमा चल्ने गाडी एक जिल्लाबाट अर्कोमा जान नपाउने, मोटरसाइकलमा एक जना मात्र चढ्न पाइने

ezgif.com webp to jpg 1

सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले जोर-बिजोर प्रणालीमा निजी सवारी चलाउने निर्णय गरेको हो।

अर्थमन्त्री युवराज खतिवडाले यसरी निजी सवारी चलाउँदा एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन।

त्यस्तै सरकारी र निजी कम्पनीका कर्मचारी बोक्नका लागि पनि जोर-बिजोर प्रणालीमा सवारी चलाउन पाइनेछ।

‘यसरी सवारी चलाउँदा एक लहरका सिटमा एक जनाका दरले मात्र यात्रु राख्ने र मास्क लगाउनेलगायत सबै स्वास्थ्य सावधानी अपनाउनु पर्नेछ,’ खतिवडाले भने।

सरकारले मानिसको हिँडडुलमा भने कुनै रोकटोक नभएको बताएको छ। मन्त्री खतिवडाले यो व्यवस्था २१ दिनका लागि लागू हुने जानकारी दिए।

मोटरसाइकलमा एक जना मात्र चढ्न पाइने

सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै मोटरसाइकल चलाउन दिने भएको छ ।

तर मोटरसाइकलमा एक जनाभन्दा धेरै चढ्न नपाइने सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको हो ।

त्यस्तै, सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ। त्यस्तै, सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ ।

यो व्यवस्था बिहीबारदेखि नै लागु हुनेछ।