२० बैशाख २०८१, बिहीबार

नागरिकता विद्येयक बारे प्रारम्भमा नै छलफल गर्नुपर्ने गगन थापाको भनाइ

gagan thapa 17
फाइल फोटो

कांग्रेसका नवनिर्वाचित सांसद गगनकुमार थापाले प्रतिनिधिसभा बैठकको प्रारम्भकालमा नै नागरिकता विद्येयकमािथ छलफल हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण समारोहमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै थापाले संसद बैठकको पहिलो एजेन्डा नै नागरिकता बिद्येयक हुनु पर्ने बताए । 

‘संसद बैठकको प्रारम्भमा नै नागरिकता बिद्येयकमािथ छलफल हुनुपर्छ,’ थापाले भने । उनले नागरिकता विद्येयकलाई स्वीकृत नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाका बारेमा पनि संसदमा छलफल हुनुपर्ने थापाले बताए ।

‘राष्ट्रपतिलाई मनको आधारमा ठिक बेठिक भन्ने अधिकार छैन, उनले संसद र मन्त्री परिषदले गरेको निर्णयलाई सदर गर्नुपर्छ,’ थापाले भने ।