१८ बैशाख २०८१, मंगलवार

राष्ट्रपतिले पटक-पटक संविधान कुल्चने र उल्लंघन गरेको विश्वप्रकाशको आरोप

bishow prakash
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानको रक्षा र पालना गर्न व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताएका छन् । कांग्रेस झापा १– काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले अहिलेको राष्ट्रपतिले पटक पटक संविधान कुल्चने र उलंघन गर्ने काम गरेको आरोप लगाएका छन् ।

उनले अबको राष्ट्रपति चयनमा दलहरु गम्भीर हुनुपर्ने र संविधानको रक्षा र पालना गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताएका हुन् । उनले राष्ट्रपति भवनमा व्यक्ति नभई प्रवृति लिएर जाने उल्लेख गरे ।

पहिलो राष्ट्रपति मधेशी समूदाय र दोश्रो राष्ट्रपति महिला समूदायबाट बनेको भन्दै अवको राष्ट्रपति फरक समूदायको राष्ट्रपति हुनुपर्ने उनको भनाइ छ ।

उनले अहिलेको निर्वाचनमा कांग्रेस एक्लैले नभई गठबन्धन मिलेर बिजयी भएको भएको भन्दै अव बन्ने प्रधानमन्त्री दुई बर्षका लागि बन्ने धारणा राखे ।

सरकार बनाउने नाममा गठबन्धनलाई भत्किन दिन नहुने उनाको भनाइ छ । महामन्त्री शर्माले अहिले मुलुकका देखिएका सवै समस्याहरुलाई गठबन्धन दलहरु मिलेर नै समाधान गर्नुपर्ने बताए ।