१८ बैशाख २०८१, मंगलवार

कसैसँग पनि सम्झौता गर्दैनौं राष्ट्रपतिका विषयमा: उपभापति खड्का

purna bhadur khakda
फाइल फोटो

नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले राष्ट्रपतिका विषयमा आफ्नो पार्टीले कसैसँग सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।

पछिल्लो समय कांग्रेसले गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउन लागेको भन्ने समाचार आएपछि उपसभापति खड्काको यस्तो भनाई आएको हो ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले राष्ट्रपतिका विषयमा भइरहेका चर्चाले गम्भीर बनाएको उल्लेख गरेका छन् ।

खड्काले देश, जनता र संविधानसभाले बनाएको संविधानप्रति दिल दिमागदेखि पूर्ण रुपमा प्रतिबद्ध व्यक्ति मात्र राष्ट्रपति बन्न सक्ने उल्लेख गरेका छन् ।