
दशै तिहार, छठ जस्ता चाडपर्व नजिकिएसगैं बषौंदेखि अवसर खोजीगर्दै शहर र बिदेश पुगेकाहरु घर फर्कदै छन् । युवाहरुको शहर बसाइले कुनै समय सुनसान बनेका गाउँहरु चाडपर्वमा युवा फर्किएसगैं रमझम बढेको छ ।
युवाहरुको गाउँ फिर्तीसँगै गाउँमा दशै तिहारको रमझम सुरु भैसकेको छ । कुनै समय बृद्धबृद्धा मात्रै भेटिने गाउँमा अहिले युवाहरुको आगमनले गाउँ गुल्जार बनेको छ ।
रोजगारी र अबसरको खोजीगर्दै युवाहरु शहर र्झने प्रवृतिका कारण गाउँमा बर्षका तीनसय बढि दिन सुनसान हुन्छन् । युवाहरुको उपस्थिती गाउँमा बिरलै देख्न पाइन्छ ।
बृद्धबृद्धा र बालवालिकामात्रै हुने गाउँमा दशै तिहार जस्ता चाडपर्वको आगमनसँगै गाउँमा चहलपहल बढेको छ । गाउँमा अबसर कम हुँदा युवाहरु शहर छिर्न बाध्य छन् ।
बर्षौदेखी अबसरको खोजीमा शहरमा भौतारीएका र परिवारको सुखका लागी बिदेशमा पसिना बगाउने युवाहरुलाइ चाडपर्वले परिवारसगं मिलनको अबसर दिएको छ ।
दशै तिहार, छठ जस्ता चाडपर्व हाम्रा संस्कृती मात्रै होइनन । परम्परागत रुपमा चलिआएका यस्ता संस्कृतीकै कारण बर्षौदेखी टाढिएका साथीभाई र आफन्तसगं मेलमिलाप हुने र सुखदुःख साट्ने अबसर पनि हो ।