६ बैशाख २०८१, बिहीबार

जथाभावी खानपान नगर्न र स्वास्थ्यमा ख्याल गर्न चिकित्सकहरुको सुझाव

khana

दसै भन्नासाथ खानपान गर्ने र रमाइलो गर्ने पर्वका रुपमा चिनिन्छ । तर यो बेला खाने-पिउने कुरामा ध्यान दिइएन भने स्वास्थ्यमा अनेकौं समस्या निम्तिन सक्छ । दसैंका बेला खानपानमा कस्ता कुरामा ध्यान दिने त ?

दसैंका बेला खानाका विभिन्न परिकार पाक्ने गर्छ, जसमा बढी चिल्लो, नुनिलो, गुलियो हुनेगर्छ । धूमपान, मद्यपानलगायत खानपानका कारण यो बेला स्वास्थ्य समस्याको जोखिम बढ्ने चिकित्सक बताउँछन् । अझ खानपानमा सन्तुलन नमिल्दा दीर्घरोगीमा झनै स्वास्थ्य समस्या निम्तने गर्छ ।

चाडबाडमा सन्तुलन मिलाएर खान आवश्यक त छ नै, नियमित व्यायाम गर्ने र सुत्ने-उठ्ने चक्र पनि मिलाउन उत्तिकै आवश्यक रहेको चिकित्सकको भनाइ छ । यो बेला हरियो सागसब्जी र फलफूल पनि खानु आवश्यक छ ।

अनुशासनमा रहेर खानपान गर्दा भने स्वास्थ्यमा केही असर गर्दैन । दसैं भन्दैमा जथाभावी खानपान नगर्न र स्वास्थ्यमा ख्याल गर्न चिकित्सकहरुको सुझाव छ ।

    सम्बन्धित समाचार...