
आज शुक्रबार मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ।
राति गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको पनि आकलन गरिएको छ ।
शनिबार देशभर बदली रहनेछ । पहाडी भूभागका केही र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।