८ बैशाख २०८१, शनिबार

एकीकृत समाजवादीमा प्रवेश खाँडाचक्र नगरपालिकाका नगरप्रमुख शाही

khadachakara

खाँडाचक्र नगरपालिकाका नगरप्रमुख कमलबहादुर शाही नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको छ ।

स्थानी निर्वाचनमा स्वतन्त्र उम्मेदवार भए र निर्वाचित भएका शाही बुधबार  एकीकृत समाजवादीमा प्रबेश गर्नुभएको हो ।

एकीकृत समाजवादीले जनप्रतिनिधिहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रममा  पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीमा  स्वागत गर्नुभएको हो  ।

गत स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको समर्थन पाउनु भएका  स्वतन्त्र उम्मेदवारको रुपमा  सहभागि हुनु भएको थियो ।

निवर्तमान नगर प्रमुखसमेत रहनु भएका  शाहीले २ हजार ९ सय १९ मत पाएर विजयी हुनुभएको थियो ।