८ बैशाख २०८१, शनिबार

डेब्यु खेलाडी नुनेजको चार गोलमा लिभरपुलको जित

RB Leipzig v Liverpool

डेब्यु खेलाडी डार्विन नुनेजको चार गोल मद्धतमा इंग्लिस क्लब लिभरपुलले जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिकलाई प्री सिजन टुरमा ५-० अन्तरले पराजित गरेको छ । 

बिहिवार राति म्यानेजर क्लोपको टिमले रेडबुल एरिनामा जित दिलाउन नुनेजले चार गोल गर्दा मोहम्मद सलाहले एक गोल गरे । 

अग्रता भने सलाहले लिएका थिए । यसपछी बेन्फिकाबाट यसै सिजन लिभरपुल आएका २२ वर्षीय नुनेजले चार गोल गरे । 

अब, लिभरपुलले अर्को खेलमा आरबी साल्जबर्गको सामना गर्नेछ । यसपछी लिभरपुल र म्यानचेस्टर सिटीबिच कम्युनिटी सिल्डका लागि वेम्बलीमा ३० जुलाईमा प्रतिस्पर्धा हुनेछ ।

    सम्बन्धित समाचार...