११ बैशाख २०८१, मंगलवार

विजय सुवेदीलाई बनायो एमालेले भरतपुर महानगरको मेयर उम्मेद्वार

bijay

नेकपा (एमाले)ले औपचारिक रुपमा भरतपुर महानगरपालिकाको मेयर उम्मेद्वार विजय सुवेदीलाई बनाउने भएको छ । शनिबार साझ बसेको सचिवालय बैठकले भरतपुरसहित पाँच महानगरपालिकाको उम्मेद्वार टुंगो लगाएको हो ।

एमालेले भरतपुरको मेयर उम्मेद्वार मात्रै टुंगो लगाएको छ भने उपमेयर बाँकी छ । एमाले चितवनले प्रदेश हुँदै केन्द्रसम्म सर्वसम्मत रुपमा मेयर उम्मेद्वारको रुपमा सुवेदीको नाम पठाएको थियो ।

जसका कारण भरतपुरको मेयर उम्मेद्वार छनोट गर्न केन्द्रलाई सहज बनेको थियो । केन्द्रले औपचारिक रुपमा उम्मेद्वार घोषणा गर्नुअघि नै सुवेदी भरतपुरमा चुनावी प्रचारप्रसारलाई तिव्रता दिईसकेका छन् । अब भरतपुरको मेयरमा सुवेदीको भिडन्त गठबन्धनका साझा उम्मेद्वार माओवादी केन्द्रकी रेनु दाहालसंग हुने भएको छ ।

यस्तै एमालेले वीरगञ्जको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने उपमेयर उम्मेद्वार बनाउन बाँकी छ । यस्तै काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ ।