१६ चैत्र २०८०, शुक्रबार

मादीमा एक्लै चुनाव लड्छौँ: कांग्रेस

congress
फाइल फोटो

कास्कीमा पोखरा महानगरपालिकाको मेयर नेकपा (एकीकृत समाजवादी)ले पाउने पक्का भैसकेको छ । बाँकी रहेका चार गाउँपालिकाको विभाजनका लागि सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । सम्भवतः साँझसम्म भागबन्डा मिलाइसक्ने बताइएको छ ।

पार्टीहरूले आफ्नो दाबी नछोडेकै कारण गठबन्धनमा तालमेल बिग्रिएको हो । यहाँका चारमध्ये मादी गाउँपालिकाको प्रमुख माओवादीले मागेको छ । तर, कांग्रेस नेताहरूले भने कुनै पनि पालिकाको अध्यक्ष दिन सक्ने अवस्था नरहेको बताएका छन् ।

मादीमा माओवादीको अडान नहटेका कारण कांग्रेसले माओवादीलाई नै गठबन्धनबाट हटाउन खोजेको छ । मादी कांग्रेसले विज्ञप्ति निकालेर माओवादीसँग गठबन्धन नगरी मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएको हो ।

सभापति यामबहादुर गुरुङले प्रतिस्पर्धाको तयारी गर्न अपिल गरेका छन् । गठबन्धनका लागि माओवादीसहित दलहरूको छलफल निष्कर्षमा पुग्न कठिन भएको भन्दै उनले एक्लै चुनाव लड्ने बताएका हुन् ।