१२ जेष्ठ २०७९, बिहीबार

सातै प्रदेशमा सत्ता गठबन्धनले संयुक्त चुनावीसभा गर्ने

gathabandhan

पाँच दलीय सत्ता गठबन्धनले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सातै प्रदेशमा संयुक्त चुनावीसभा गर्ने भएको छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आज बसेको बैठकले सो निर्णय गरेको हो ।

चुनावी सभालाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजकसमेत गरी छ जना शीर्ष नेताले सम्बोधन गर्नुहुने संयन्त्रका सदस्य–सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो ।

बैठकले सात प्रदेशका धनगढी र सुर्खेतमा वैशाख १८ गते, बुटवल र पोखरामा वैशाख १९ गते, विराटनगर र जनकपुरमा वैशाख २० गते तथा काठमाडौँमा वैशाख २२ गते चुनावीसभा गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । रासस