१३ बैशाख २०८१, बिहीबार

सम्मानजनक व्यवहार नगरे भरतपुरका २९ वटै वडामा उम्मेद्वार उठाउने जसपाको तयारी

c ja

जनता समाजवादी पार्टी (जसपा) भरतपुर महानगर समितिले सत्तारुढ गठबन्धनमा सम्मानजनक सीट बाँडफाड नगरिए एक्लै चुनाव लड्ने चेतावनी दिएको छ । जसपाले चेतावनी स्वरुप बिहीबार भरतपुरको २९ वटै वडामा वडाध्यक्ष उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ ।

महानगर समितिका अध्यक्ष अनुज जोशीले मेयर, उपमेयर पदमा सघाउन तयार रहेपनि वडाहरुको नेतृत्वमा जसपालाई सम्माजनक सीट दिनुपर्ने बताएका छन्। राजनीतिक हैसियत, मर्म र भावना अनुसार न्यायोजित सीटमा जसपाबाट उम्मेदवार बनाउन पाउनुपर्ने वातावरण बनाउन उनले माग समेत गरे। जसपा महानगर इन्चार्ज तारा विश्वकर्माले जसपाको बलियो जनाधार रहेका वडाहरुमध्ये कम्तिमा ५ वडामा वडाध्यक्ष जसपाबाटै उम्मेदवार बनाउन सत्तागठबन्धन सकारात्मक बन्नुपर्ने बताए ।

जसपाका जिल्ला अध्यक्ष प्रेम भुजेलले कम्तिमा ५ वडाध्यक्ष, हरेक वडामा कम्तिमा एक वडा सदस्य, जिसस र कार्यपालिका सदस्यमा समेत सम्माजनक सीट बाँडफाड गर्नुपर्ने माग राखे । उनका अनुसार भरतपुरको १, २, ११, १६ र माडी ३ मा वडाध्यक्ष जसपाले पाउनुपर्ने जिल्लास्तरीय सत्तागठबन्धनसँग माग राखिएको बताए ।

यस्तो छ जसपाबाट भरतपुर महानगरको प्रस्तावित वडाध्यक्षहरुको नामावलीः

ja