११ बैशाख २०८१, मंगलवार

‘सुर्य कुमारी’ नामबाट नै चिनाउने तयारीमा करिश्मा

suryakumari1650515892

नेकपा एमाले पार्टीमा प्रवेश गरेसँगै नायिका करिश्मा मानन्धरले आफ्नो न्वारनको नाम ‘सुर्य कुमारी’ रहेको खुलाइन् । एमालेको चुनाव चिन्ह सूर्य भएकाले पनि करिश्माले आफ्नो न्वारनको नाम निकालेको हुनसक्ने धेरैको अनुमान थियो । यसैले, उनको नाममा आलोचना खुबै भयो ।

सामाजिक संजालमा खुबै आलोचना भएपनि करिश्माले यसलाई सामान्य रुपमा नै लिइन् । बरु, उनले अब आफूलाई स्थानीय निर्वाचनमा ‘सुर्य कुमारी’ नामबाट नै चिनाउने तयारी गरेकी छिन् । यसका लागि करिश्माले सामाजिक संजालमा आफ्नो नाम ‘सुर्य कुमारी’ जोडेकी छिन् । आफ्नो फेसबुक एकाउन्टमा उनले ‘सुर्य कुमारी’ पनि लेखेकी हुन् ।

सामाजिक संजालमा जती नै आलोचना भएपनि करिश्माले सोही संजालमा आफ्नो नाम राखेकी छिन् । करिश्मा राजनीतिमा जनताले आफूलाई ‘सुर्य कुमारी’ नामले चिनुन् भन्ने चाहन्छिन् ।