१४ बैशाख २०८१, शुक्रबार

दुलही बनिन् केकी (फोटो फिचर)

278584018 5235264316516944 7464021755904636997 n

नायिका केकी अधिकारी दुलही बनेकी छिन् । रिल लाइफमा थुप्रै पटक दुलही बनेकी केकी आज रियल लाइफमा नै बेहुली बनेकी हुन् ।

उनले, आफ्ना प्रेमी रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् । केकी र रोहित केही बर्षदेखि प्रेम सम्बन्धमा थिए । केकीले सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै आफूले जीवनको नयाँ अध्याय सुरु गरेको बताएकी छिन् । साथै, नायिकाको रुपमा आफूलाई दर्शकले दिनुभएको माया, समर्थन र साथका लागि आभारी रहेको पनि उनले उल्लेख गरेकी छिन् ।

उनले, बिबाहको समाचार बाढ्न पाउँदा हर्षित भएको पनि लेखेकी छिन् । उनले, जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा आफू र आफ्ना जीवनसाथीलाई आर्शिवाद प्राप्त हुने पनि लेखेकी छिन् ।

केकीले मिडिया र फिल्मीकर्मीलाई टाढा राखेर गोप्य रुपमा बिहे गरेकी हुन् । केकीको बुधबार मेहेन्दी सेरेमोनी भएको थियो ।

278584018 5235264316516944 7464021755904636997 n
278736525 5235264609850248 1047004034091961849 n
278436414 5235264429850266 6948932349342106316 n