१३ बैशाख २०८१, बिहीबार

हिरोइन बन्न संघर्षरत केकी र चार पात्र समाजको मूर्ख ‘सिल्ली फो’ ट्रेलर

selly

आउँदो असार ३१ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सिल्ली फो’ को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्ममा केकी अधिकारी एक मात्र मुख्य महिला कलाकारको रुपमा छिन् । केकी मुख्य भुमिका रहेको फिल्मको ट्रेलरमा सिल्ली फो अर्थात् चार जना मूर्ख नाम राखिएको चार जना पात्र छन् जो संघर्ष गर्दा समाजबाट मूर्ख ठहरिन्छन् ।

कमेडी जनरामा निर्माण भएकोे फिल्ममा अभिनेत्री अधिकारीले हिरोइन बन्न संर्घषरतत युवतीको भुमिका निवार्ह गरेकी छन् । बाँकी कलाकारलाई पैसा कमाउन भौतारिएको देख्न सकिन्छ ।

राज बहादुर साने निर्देशित फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्ने छनकक ट्रेलरमा देख्न सकिन्छ । कमेडी जनरामा पहिलो पटक काम गरेकाले पनि आफुले सिल्ली फोबाट धेरै कुरा सिक्न पाएको बताए । कुनैपनि विदेशी फिल्मबाट प्रभावित नरहेको दावी सहित सिल्ली फोले नेपाली समाजभित्रको वास्तविक कथा फिल्मले भन्ने निर्देशक साने दाबी गर्छन् ।

ह्याप्पी फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको फिल्ममा मनोज डिके निर्माताको रुपमा छन् ।

असार ३१ गतेबाट प्रदर्शनमा आउने फिल्ममा केकी अधिकारी, रविन्द्र झा, राजाराम पौडेल, धीरेन शाक्य, दिनेश रेग्मी, भूगोल कार्की, रमेश बजगाईँ, अनिता लामिछाने, दीपक थापा, पूर्णचन्द्र पोखरेल, रेजिना थापा लगायतको अभिनय अभिनय रहेको छ ।

मनोज डिके निर्माता रहेको फिल्ममा विशाल श्रेष्ठ सह-निर्माता छन् । फिल्ममा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स, साहिल खानको ट्रेलर,। वितरणको जिम्मा श्रीराम बालाजी फिल्मसले लिएको सिनेमाको डिजिटल राइट्स साइराम पिक्चर्सले किनेको छ ।