११ बैशाख २०८१, मंगलवार

अधिकारीले पदभार संहाल्दै गर्दा अर्थमन्त्री शर्मा भने नैतिक संकटमा

अर्थमन्त्री गभर्नर

सर्वोच्च अदालतको आदेशबाट निलम्बन फुकुवा भएसँगै गभर्नर महाप्रसाद अधिकारीले पुन पदभार संहालेका छन् । उनले पदभार संहाल्दै गर्दा अर्थमन्त्री जनार्दन शर्मा भने नैतिक संकटमा देखिएका छन् ।

शर्मा नैतिकताका आधारमा पदमा बसिरहन नमिल्ने भन्दै चौतर्फी आलोचना सुरु भएको छ । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहालले त्यसबेला प्रधानमन्त्री भएलगत्तै निशाना बनाए नेपाली सेना माथि ।

तात्कालिन प्रधानसेनापति रुक्मागंत कुटवाललाई विना कसुर पदच्युत गराए । तर सेनाका परामाधिपति राष्ट्रपतिले मन्त्रीपरिषद्को निर्णय उल्ट्याइदिएपछिप्रचण्ड नैतिकताका आधारमा राजीनामा गर्न विवश बने । अहिले उनै प्रचण्डबाट राजनैतिक रुपमा प्रशिक्षीत जनार्दन शर्मामुलुकको अर्थमन्त्री छन् । देश आर्थिक संकटबाट गुज्रिरहेको छ ।

आफू नाच्न नजान्ने आँगन टेडो भने झैँ मुलुकको अर्थतन्त्रको बागडोर आफू सम्हाल्ने, देशलाई आर्थिक संकटै संकटमा गुजार्ने अनि एउटा गभर्नरलाई कारवाही गरेर चोखिन खोज्ने जनार्दन शर्मा पनि प्रचण्ड झैँ नैतिक संकटमा आइपुगेका छन् ।

गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गरेको निलम्बनको निर्णय सर्वाेच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै आफ्नो जिम्मेवारी पुरा गर्न गभर्नरलाई आदेश गरेपछि अधिकारी बुधबारबाटै कार्यालय पुगिसकेका छन् ।

राष्ट्र बैंक र अर्थमन्त्रालय एउटा संस्था भएको भन्दै गभर्नर अधिकारीले आगामी दिनमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले संस्थागत रूपमा सल्लाह गरेर जिम्मेवारी पूरा गर्ने बताए । अब यस्तो अवस्थामा अर्थमन्त्री शर्मा के गर्लान् ? प्रचण्ड झैँ नैतिकताका आधारमा राजीनामा गर्लान् ? विधि, एैन कानुनलाई मिच्दै एक प्रकारले अर्थमन्त्रीले मुखाईँ पूर्वक गरेको पावर सो आत्मघाती भएपछि अर्थमन्त्री शर्मा के सोँच्दै छन् ?

२०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले राष्ट्र बैंकको गभर्नर तिलक रावललाई बनाउन चाहेका थिए । तर अर्थमन्त्री महेश आचार्यले अर्का व्यक्ति रामविनोद भट्टराईलाई जिम्मेवारी दिन चाहेका थिए ।

अर्थमन्त्रीको असहमतिबीच मन्त्रिपरिषद्ले रावललाई नै गभर्नर बनाउने निर्णय गरेपछि आचार्यले राजीनामा दिए । त्यसलगत्तै भट्टराई सरकार ढल्यो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए, त्यो मन्त्रीमण्ढलमा पुन महेश आचार्य नै अर्थमन्त्रीमा आए ।

आचार्यलाई आफ्नो चाहना विपरितका गभर्नर रावललाई जसरी पनि हटाउन मन लाग्यो । त्यसोत उनकै प्रस्तावमा मन्त्रिपरिषद्ले गभर्नर रावललाई बर्खास्त गरेको थियो । अहिलेका गभर्नर महाप्रसाद अधिकारी झैँ ती रावल पनि सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगे । रावलले पुनर्बहाली पाए ।

त्यसपछि‘नैतिकता’ का आधारमा महेश आचार्यले अर्थमन्त्रीबाट फेरि राजीनामा दिए । अहिले यही मोडमा आइपुगेका छन् अर्थमन्त्री जनार्दन शर्मा । सर्वोच्चले सरकारको धाराणासमेत सुनेर यो अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेबारे वैशाख १३ मा निर्णय दिनेछ । सम्भवत अर्थमन्त्री शर्मा पनि बैशाख १३ कै पखाईमा छन् की ?