१४ बैशाख २०८१, शुक्रबार

चाहिँदैन कसैको बैशाखी कांग्रेसलाई: शेखर कोइराला

sekhar koirala
फाइल फोटो

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस कमजोर नभएको दाबी गरेका छन् । कमजोर नभएका कारण कांग्रेसलाई कसैको बैशाखी जरुरी नभएको उनको भनाइ छ ।

नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा नेता कोइरालाले जितका लागि कम्युनिस्ट साहरा नचाहिने तर्क गरे । कांग्रेस एक्लै गन्तव्यमा पुग्न सक्ने उनको भनाइ थियो ।

‘नेपाली कांग्रेस कमजोर छैन । एक्लै लडे पनि हामी हाम्रो गन्तव्यमा पुग्नसक्छौँ भन्ने आत्मविश्वास छ । कांग्रेसलाई कसैको बैशाखी चाहिएको छैन’, कोइरालाले भने ।

उनले पार्टीको निर्णयविरुद्ध गठबन्धन भएको बताए । केन्द्रीय समितिको निर्णय विपरीत गठबन्धनको नाममा तालमेलको निर्णय भएको भन्दै उनले निर्वाचनपछि सबैकुराको लेखाजोखा गर्ने बताए ।

तर अहिले कांग्रेसका उम्मेदवारलाई जिताउन लाग्नु पर्ने उनको भनाइ थियो ।