१५ चैत्र २०८०, बिहीबार

(पूर्णपाठसहित) सबै पालिकामा गठबन्धन गर्ने सत्ता गठबन्धन दलबीच सहमति

gathabandhan

सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको छ। बालुवाटारमा बुधबार बसेको गठबन्धन दलको बैठकमा ६ महानगर, ११ उपहानगरसहित सबै पालिकामा गठबन्धन गर्ने सहमति भएकाे हाे ।

सहमतिअनुसार कांग्रेसको भागमा धरान, इटहरी, कलैया, तुल्सीपुर, बुटवल, नेपालगन्ज, धनगढी उपमहानगरपालिका परेको छ।

माओवादी केन्द्रको भागमा जितपुर सिमरा र घोराही तथा एकीकृत समाजवादीको भागमा हेटौंडा तथा जसपाको भागमा जनकपुर उपमहानगरपालिका परेको छ ।

यस्ताे छ सहमतिको पूर्णपाठ :

आज मिति २०७९/०१/०७ गते पाँच दलीय गठवन्धनको बैठक प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यूको अध्यक्षतामा बस्यो । बैठकले २०७९ वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाहरूको प्रमुख र उप–प्रमुख पदमा तपसिल बमोजिमका दलहरूले तपसिल बमोमिको पदमा उम्मेदवार दिने सहमति गर्यो । सहमति बमोजिम गर्न गराउन आ–आफ्ना राजनीति दलका निकायहरूलाइ निर्देश गरिन्छ ।

नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिकाहरू
१. काठमाडौं २. ललितपुर ३. विराटनगर

उपप्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिकाहरू
१. वीरगञ्ज २. भरतपुर ३. पोखरा

प्रमुख पदमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू
१. धरान २. इटहरि ३. कलैया ४. बुटवल ५. तुलसिपुर ६. नेपालगंज ७. धनगढी

उपप्रमुख पदमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू
१. जितपुर सिमरा २. घोराही ३. हेटौडा

नेकपा माओवादी केन्द्रका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिका
१. भरतपुर

उपप्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिका
१. ललितपुर

प्रमुख पदमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू
१. जितपुर सिमरा २. घोराही

उपप्रमुख पदमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू
१. धरान २. धनगढी

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिका
१. पोखरा

उपप्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिका
१. काठमाडौं

प्रमुख पदमा उम्मेदबारी दिने उपमहानगरपालिका
१. हेटौडा

उपप्रमुख पदमा उम्मेदबारी दिने उपमहानगरपालिकाहरू
१. इटहरी २. बुटवल ३. तुलसिपुर

जनता समाजवादी पार्टी नेपालका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिका
१. वीरगञ्ज

उपप्रमुख पदमामा उम्मेदवारी दिने महानगरपालिका
१. विराटनगर

प्रमुख पदमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू
१. जनकपुर

उपप्रमुख पदमामा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू
१. कलैया २. नेपालगञ्ज