२४ बैशाख २०८१, सोमबार

बहराइनमा कोरोना संक्रमित नेपाली १२६, एकै दिन ७७ नेपालीमा देखियो कोरोना

bahrain

झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत बहराइनमा एकैदिन थप ७७ नेपाली कोराना भाइरसबाट संक्रमित देखिएका छन्। यो संगै कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १ सय २६ पुगेको छ।

यसअघि बहराइनमा ४९ नेपाली श्रमिकमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

बहराइनस्थित नेपाली दूतावासका अनुसार ४ कम्पनीमा कार्यरत गरी ७७ नेपालीमा एकै दिन कोरोना संक्रमण पुष्टि भएको हो।

एउटा सुपरमार्केट र ३ विभिन्न कम्पनीमा कार्यरत नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिएका छन्।