७ बैशाख २०८१, शुक्रबार

पीडित गायिकाले पल शाह प्रकरणमा फेरिन् बयान, होस्टाइल बनाइएको संकेत

paul shah

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् ।

जबरजस्ती करणीको मुद्दामा पीडित नाबालिग गायिकाले अदालतमा आफ्नो उजुरी सत्य नभएको बताउँदै नाबालिग गायिकाले बयान फेरेकी हुन्।

आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् । नाबालिग गायिकाले बयान फेरेपछि यो मुद्दामा ट्वीस्ट आएको छ।

पल शाह पुर्पक्षको लागि थुनामा छन्। आज (आइतबार) जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा पीडित गायिकाले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन्। पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् ।

शाहले समेत बयानमा आफू मादक पदार्थ पिएर आधा बोतल बियर लिएर बालिकाको कोठामा गएको स्वीकार गर्दै बयान दिएका थिए। सार्वजनिक भएको अडियोमा समेत उनले प्रेमी-प्रेमिकाबिच सम्बन्ध हुनु सामान्य नै हो भनेका थिए। त्यसलाई समेत अदालतले प्रमाणको रूपमा स्वीकार गरेको थियो।

थुनछेक बहसपछि आएको आदेशबाट उनको आरोप पुष्टि हुनेसम्मको व्याख्या भएको थियो। पल कारागार चलान भएपछि नबालिका आफ्नै घरमा बस्दै आएका थिए। जानकार श्रोतका अनुसार जुन दिन थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको थियो सो दिन नाबालिकाको अभिभावकहरूले नाबालिकाको पक्षबाट बहस गर्नेहरूसँग दुर्व्यवहार समेत गरेका थिए।

अहिले आएर नाबालिकाले नै बयान बदलेर हैन भनेपछि यो मुद्दा कमजोर भएको छ। केही मुद्दामा पीडितबाट अदालतमा बयान बदलिए पनि प्रमाणका आधारमा अदालतबाट दोषी ठहर भएका मुद्धाहरु छन्। अनुसन्धान अधिकारी समक्ष गरेको बयान, स्वास्थ्य परीक्षण प्रतिवेदन, लगायतका प्रमाणलाई अदालतले स्वीकार गर्दै अदालतले पीडित होस्टायल भएकाले प्रारम्भिक बयानलाई नै आधार मान्ने गरेको समेत देखिन्छ।

उनको पक्षबाट गएका एक वकिलले भने– होस्टाइल भइन्, बयान पूरै रेडिमेट दिइरहेकी छन् । आफूलाई पलले करणी नगरेको भन्दैछिन् । प्रहरीमा दिएको बयान पनि होइन भन्दै जे लेखेर दिए त्यहि सारेकी हुँ भनिन् । जबकी उनले प्रहरी समक्ष आफूलाई पलले पोखरा, तनहुँ र गैंडाकोटमा गरेर तीनपटक करणी गरेको बताएकी थिइन् । एकाएक अहिले सबै उक्साहटमा हो भन्दैछिन् ।

तर मुख्य पीडितले नै बयान बदलेर हैन भनेपछि मुद्दा कमजोर बनेको छ। बयान फेरेको अवस्थामा अदालतले ६ वर्ष कैद गर्ने कानूनी व्यवस्था छ ।

उनले यसअघिको बयान आफ्नो नभई प्रहरीले आफैँले लेखेको आरोप लगाएकी पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीले बताइन्। अभिनेता पल शाहले आफूमाथि केही नगरेको तर अरूको अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको पीडित किशोरीले बताएकी छिन्। जाहेरीकर्ताका बुवाको भने बकपत्र लिन बाँकी छ ।

यद्यपि पीडित गायिकाको परिवारले भने प्रभावमा लिएर बयान फेरेको दाबी गरेको छ। जाहेरीकर्ताका बुवाको भने बकपत्र लिन बाँकी छ।

केही अदालतले पहिला बलात्कारको आरोप लगाउने तर पछि बयान बदल्ने पीडितलाई नै कैद सजायको समेत सुनाएको छ।