१४ बैशाख २०८१, शुक्रबार

२० वर्षीय युवकले हस्तमैथुन गर्दागर्दै फोक्सो च्यातिएपछि अस्पताल भर्ना

HOSPITAL2 625bc2f0d110b

हस्तमैथुन गर्दागर्दै फोक्सो च्यातिएपछि स्विजरल्याण्डमा एक २० वर्षीय युवक अस्पताल भर्ना भएका छन्। हस्तमैथुनको क्रममा फोक्सो च्यातिएपछि ती युवा एक हप्ताको लागि अस्पताल भर्ना भएको बेलायती अनलाइन पोर्टल दि इन्डिपेन्डेन्ठले जनाएको छ।

इन्डिपेन्डेन्टले दुई दिन अघि सो समाचार प्रकाशित गरेको थियो। कडा व्यायाम, निरन्तर बान्ता हुदा तथा लहरे खोकीका कारण बिरलै मानिसको फोक्सो च्यातिने गरेको पाइएपनि हस्तमैथुनको क्रममा भएको यो घटना भने पहिलो भएको समाचारमा बताइएको छ। नाम नखुलाइएका ती युवकलाई आकस्मिक कक्षमा तिन दिनसम्म राखिएको र स्वास्थ्य सुधारका लागि थप चार दिन अस्पतालमा राख्न सुझाइएको सो रिपोर्टले उल्लेख गरेको छ।

रिपोर्टका अनुसार ओछ्यानमा पल्टेर हस्तमैथुन गरिरहेका ती युवक असह्य हुने गरी अचानक आफ्नो छाती दुखेपछि अस्पताल पुगेका थिए। उपचारमा खटिएका चिकित्सकहरूका अनुसार अस्पताल भर्ना हुने बेलासम्म ती युवकको अनुहार सुन्निएको थियो भने उनले स्वास फेर्दा अनौठो आवाज बाहिरैसम्म सुनिन्थ्यो।

तिन दिनसम्म आईसियू र बाकी दिन चिकित्सकको कडा निगरानीमा रहेका ती युवकको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ। उपचाररत युवकले सो घटना हुनुअघि आफूले लागु औषध र चुरोटजस्ता पदार्थ नलिने गरेको, फोक्सोको बिरामी नभएको र अन्य व्यायामहरू पनि गर्ने नगरेको चिकित्सकहरूसँग बताएका छन्।