१५ बैशाख २०८१, शनिबार

वालिङ् नगरपालिका तर्फ आउँदै गरेको जिप दुर्घटना, ५ जनाको निधन, ६ जना घाइते

278344244 724202045289536 3849455222299175080 n 1

स्याङ्जाको वालिङ् नगरपालिका तर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जिप वालिङ् नगरपालिकाकाे डाडाखर्कमा दुर्घटना हुँदा ५ जनाको मृत्यु छ भने ६ जना घाइते भएका छन् ।

एक जना बालक सहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा ६५ वर्षका वीर बहादुर डाला, ४५ वर्षका हिरा डाला, २५ वर्षीया शर्मिला सारू, उहाँको सात महिने छोरा , ६१ वर्षीया कुल कुमारी कनौजेको मृत्यु भएको प्रहरी निरीक्षक पदम बहादुर थापाले जानकारी दिनुभयो ।

घाइते हुनेहरूमा दुर्घटना स्थल वालिङ नगरपालिका १२ डाडाखर्कका अङ्ह बहादुर दाला, ५५ वर्षीया माया कुमारी शारु, ३५ वर्षीय योगेन्द्र थापा, १८ वर्षीय नबिना शारु, १९ वर्षीय लक्ष्मी डाला र ६० वर्षीय दल बहादुर थापा रहेको प्रहरीले बताएको छ । उनीहरूको टाउको र हातमा चोट लागेको छ ।

जिप अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिनुभयो । घाइतेहरूको वालिङमा सामान्य उपचार पछि थप उपचारको लागि पोखरा रिफर गरिएको छ ।