५ जेष्ठ २०८१, शनिबार

‘एक अर्काको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ’

ramkumari

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गठबन्धन दलले एक अर्काको अस्तित्व स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) पार्टीद्वारा काभ्रेपलान्चोकको पाँचखालमा आज आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि गठबन्धन भएको हुनाले एकले अर्काको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

मन्त्री झाँक्रीले एक अर्कामा सहकार्य, सहअस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।