१२ बैशाख २०८१, बुधबार

चर्चित गायिका मेलिना राईले सार्वजनिक गरिन् प्रेमी

278623094 547294266759020 4261650303822910384 n

चर्चित गायिका मेलिना राईले सामाजिक सञ्जालमार्फत आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् ।

प्रेमी सञ्जिब बराइलीसँगको तस्वीर पहिलोपटक फेसबुकमा पोष्ट गरेकी हुन् ।

मेलिना र सञ्जिव पाँच वर्षदेखि गुपचुप प्रेममा थिए । सञ्जिव नेपालका सर्वाधिक चर्चित र व्यस्त गिटारिस्ट तथा कम्पोजर हुन् । उनको घर बिर्तामोडमा हो भने हाल काठमाडौंकै वासिन्दा हुन् ।

नेपालप्रेससँग कुरा गर्दै मेलिनाले आफूहरु चाँडै बिहेको तयारीमा रहेको जानकारी दिइन् ।

‘डेट फाइनल भएको छैन, तर यसै वर्ष विवाह हुन्छ,’ उनले भनिन् ।

हिजो नयाँ वर्षको अवसर पारेर तस्बिर सार्वजनिक गर्ने योजना भए पनि आफू बाहिर भएकाले एक दिन ढिला भएको मेलिनाले बताइन् ।

मेलिना नेपालकी सफल र चर्चित गायिमामा पर्छिन् । युट्यूवमा हालसम्मकै सर्वाधिक भ्यूज पाएको नेपाली गीत ‘कुटुमा कुटु’ उनले गाएकी हुन् ।