१८ बैशाख २०८१, मंगलवार

इन्गेजमेन्ट तोडिन् गायिका मेलिना राईले प्रेमीसँग

melina rai

चर्चित गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग गरेको इन्गेजमेन्ट तोडेकी छन् ।

मेलिनाले एरेन्जर तथा गिटारिस्ट बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । उनले आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको सामाजिक सञ्जालमार्फत जनाएकी छन् । उनले केही समय अगाडि आफ्नो इन्गेजमेन्ट गरेको कुरा सामाजिक संजाल मार्फत् नै घोषणा गरेकी थिइन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत यसबारेमा लामो स्टाटस लेखेर उनले इन्गेजमेन्ट ताेडेको जानकारी सार्वजनिक गरेकी हुन्। ।

यी दुईजनाले गत वैशाखमा इन्गेज्मेन्ट गरेका थिए। उनले सबै इन्गेजमेन्टहरु विवाहमा परिणत हुन नसक्ने पनि उल्लेख गरेकी छन् ।

उनले इन्गेजमेन्ट तोडेकाे सम्बन्धमा लेखेकाे स्टाटस

बिषय – इन्गेजमेन्ट तोडिएको जानकारी !

केही समय अगाडी मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा यसै सामाजिक सञ्जाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भविष्यमा सँगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो ।

समय छोटै भए पनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामी बिच वैचारिक पक्षमा स्पष्ट मतभेद देखिन थाल्यो अर्थात् हाम्रो बिचारमा मेल खान सकेन । धेरै समीक्षा आत्मा समीक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।

फेरि सबै इन्गेजमेन्टहरू विवाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको इन्गेजमेन्ट तोडिएको कुरा म फेरि यही सामाजिक सञ्जालमार्फत सार्बजानिक गर्दछु ।

यो बिचमा सम्पूर्ण शुभचिन्तकहरूमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भविष्यमा अझ मेहनत गरेर साङ्गीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

melina2