१३ बैशाख २०८१, बिहीबार

राज खडका र लक्ष्मि बर्देवाको ‘गलबन्दी ताना तान’

Raj Khadka Laxmi Bardewa

पछिल्लो समयकि सफल र एकदमै ब्यस्त गायिका मेलिना राई तथा कमल घलेको स्वरमा सजिएको ‘गलबन्दी ताना तान’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा राज खडकाको शब्द तथा सँगित र बिनय कार्कीको एरेन्ज रहेको छ । सार्वजनिक भिडियोमा लक्ष्मि बर्देवा र राज खडकाको अभिनय रहेको छ भने भिडियोको निर्देशन जिबन भट्टराईले गरेका हुन ।

त्यसैगरी छायाँकनमा ज्ञानेन्द्र शर्मा हुमागाइ सम्पादनमा बिष्णु खडकाको रहेको छ । कृशा एल्बममा समाबेश रहेको लोक शैलिको उक्त गीतले दर्शकहरुको मन जित्ने अनुमान गरिएको छ ।

एल्बम तथा भिडियो सजिता राईले निर्माणा गरेकी हुन् ।

    सम्बन्धित समाचार...