१६ चैत्र २०८०, शुक्रबार

आफुमा बिश्वास छैन भने जनताको बिश्वास कसरी जित्छौ ?

pashupati sharma

गायक पशुपति शर्माले पाँच दलीय गठबन्धनमाथि आक्रोश व्यक्त गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत गायक शर्माले लाज पचेकाहरुले हो गठबन्धन गर्ने भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले चुनावी घोषणापत्र फरक रहेको र विचार सिद्धान्त नमिलेका दलहरुले गठबन्धन गरेको बताउँदै कार्यकर्ता र जनता भेडा भएको बताएका छन् ।

‘लाज पचेकाहरुले हो गठबन्धन गर्नी । सिद्दान्त मिल्नु छैन विचार मिल्नु छैन । चुनावी घोषणा पत्र आफ्ना आफ्ना छन् । के हो यो गठबन्धन । आफुमा बिश्वास छैन भने जनताको बिश्वास कसरी जित्छौ ? कार्यकर्ता र जनता कती भेडा हुन्छौ । सोच्नी बेला भयो अब,’ शर्माले भनेका छन् ।

Capture 2