१६ चैत्र २०८०, शुक्रबार

रानीको ‘म त तिम्रै हुँ’मा केकी र निक्सको रोमान्स

keki and niks

गायिका रानी शाक्य र गायक प्रकाश तिमिल्सिनाको स्वरमा समावेश ‘म त तिम्रै हुँ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । मदन घिमिरेको शब्द रहेको यो गीतमा मनोज मालीको संगीत छ । गीतलाई रोमान्टिक शैलीमा तयार पारिएको छ ।

गीतको भिडियोमा नायिका केकी अधिकारी र मोडल निक्स शर्माको अभिनय छ । रामेश्वर हुमागाँइको छायांकन रहेको यो भिडियोमा अनन्त घिमिरेको सम्पादन छ ।

भिडियोलाई निर्देशक मदन घिमिरेले निर्देशन गरेका हुन् । भिडियोमा मदनले केकी र निक्सको रोमान्टिक केमेष्ट्री देखाएका छन् । अमेरिकामा रहेर पनि गायन क्षेत्रमा सक्रिय रानीका दर्जनौ गीतहरु सार्वजनिक भैसकेका छन् ।

    सम्बन्धित समाचार...