१४ बैशाख २०८१, शुक्रबार

निर्देशक सोभित बस्नेत काठमाडौँको मेयरमा उठ्ने

sovit in party

निर्माता तथा निर्देशक तथा कलाकार शोभित बस्नेत काठमाडौंको मेयरमा उठ्ने भएका छन् ।

शोभित बस्नेतलाई लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले काठमाडौंको मेयरमा टिकट दिन लागेको हो । शोभित बस्नेत र पार्टीवीच छलफल भैसकेको र केही दिनमा नै औपचारिक घोषणा हुने श्रोतले बताएको छ ।

नेपाली फिल्मीकर्मीहरु स्थानिय निर्वाचन नजिकिदै जाँदा विभिन्न पार्टीमा आवद्ध भैरहेका छन् । फिल्म क्षेत्रमा सधै चर्चामा रहने शोभित बस्नेत चन्द्रागिरी नगरपालिकामा बसोबास गरेपनि उनको मतदान अधिकार भने काठमाडौंमा रहेको श्रोतले बतायो । यसैले, उनी अब मेयर पदमा उठ्न लागेका हुन् ।

नायक भूवन केसीले काठमाडौंको मेयर पदमा उठ्ने चर्चा भएपनि उनले फिर्ता लिइसकेका छन् । रेखा थापा राप्रपा नेपाल र करिश्मा मानन्धर नेकपा एमालेमा सक्रिय छन् । शोभितलाई मेयर पदमा काठमाडौंका जनताले कती विश्वास गर्छन्, त्यो चुनावपछि थाहा हुनेछ ।

    सम्बन्धित समाचार...