२६ बैशाख २०८१, बुधबार

जाली मुद्दा लाग्दैन भन्न सकिँदैन : ओली

oli 2
फाइल फोटो

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार जनताप्रति जिम्मेवार नभएको बताएका छन् । परमादेशबाट आएको सरकार भएकाले जनताप्रति जिम्मेवार नभएको उनले बताए ।

मंगलबार ‘संघर्षशील योद्धाहरु’ नामक पुस्तक लोकापर्ण समारोहलाई सम्बोधन गर्दै ओलीले अहिलेको समय पहिलेको जस्तो नभए पनि जालझेल र तिक्डम गर्ने यस्तो सरकारबाट सचेत हुनुपर्ने बताए ।

उनले भने,“हुन त कसैको आलोचना नगरुँ सरकार त उसैबेला–उसैबेलाको जस्तो छ, जालझेल, षड्यन्त्र र तिकडम गर्ने खालको । जनताबाट नआएको परमादेशबाट आएको, जनताप्रति जिम्मेवार नभएको गैरजिम्मेवार भएको, चुनाव गरेर लोकतन्त्र जोगाउनेभन्दा चुनावका लागि काम नगरेर षडयन्त्र गर्ने खालको । ”

त्यसकार अहिले पनि के हुन्छ ? भनेर भन्न पनि नसकिने उनले बताए । उनले भने,“मान्छेलाई जाली मुद्दा लाग्दैन भन्न सकिँदैन । फसाइँदैन भन्न सकिँदैन । यो सरकार यस्तै हो ।” तर, आफू भने त्यसमा सजग हुनु आवश्यक रहेको उनले बताए ।

उनले शासकहरु हिजोकै अवस्थामा गए नटिक्ने दाबी पनि गरे ।