
रुसले युक्रेनमाथि आक्रमण गरेर युक्रेनका सबै पूर्वाधारहरु ध्वस्त पारेको छ । पछिल्ला दिनमा रुस र युक्रेनबीचको युद्ध झन् भीषण बन्दै गइरहेको छ ।
रुसले जसरी पनि युक्रेनलाई नियन्त्रणमा लिन खोजेको छ भने युक्रेनका सेनाले रुसी सेनाको डटेर सामना गरिरहेका छन् । युद्धकै क्रममा रुसी सेनाले युक्रेनको रुबीजेन शहरमा रहेको रासायनिक ट्याङक पूरै ध्वस्त पारेको छ ।
यसैबीच युक्रेनले ११ रुसी हवाई आक्रमणलाई असफल बनाएको दाबी गरेको छ । साथै यो युद्धमा अहिलेसम्म रुसका २२ हजार सैनिक मारिएको युक्रेनी दाबी छ ।
युद्धबाट बच्न १ करोड युक्रेनी नागरिकहरुले युक्रेन छोडिसकेका छन् ।