८ बैशाख २०८१, शनिबार

सीमित स्रोत साधनबीच प्रशंसनीय काम गरे प्रहरी र सशस्त्रले: गृहमन्त्री खाँण

balkrishna

गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोत साधनबीच नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय रहेको बताउनुभएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा बेरुजु फछ्र्याेट कार्यमा सर्वोकृष्ट/उत्कृष्ट हुने कर्मचारी र अवकाश लिन लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खलाललाई सम्मान गर्न आज यहाँ आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले आगामी दिनमा पनि सुरक्षा निकायले यो भन्दा राम्रो काम गर्ने अपेक्षा आफूले राखेको बताउनुभयो ।

सुरक्षा निकायलाई विस्तारै स्रोत र साधनयुक्त बनाउने योजना सरकारको रहेको पनि गृहमन्त्री खाँणले आश्वस्त पार्नुभयो । उहाँले बेरुजु फछ्र्योटमा सर्वोकृष्ठ/उत्कृष्ठ हुनेलाई नगद तथा प्रशंसापत्र समेत वितरण गर्नुभएको थियो । तत्कालीन गृहसचिव महेश्वर न्यौपाने, प्र्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय किताब खाना (प्रहरी) का उपमहानिर्देशक शान्ता अधिकारी, भट्टराईलाई रु १०/१० हजारका दरले नगदसहित सम्मान गर्नुभएको थियो ।

यस्तै अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई र रमेशकुमार केसीलाई पाँच/पाँच हजार नगदसहित सम्मान गरिएको थियो । समरोहमा गृहमन्त्री खाँणले मन्त्रालयका तत्कालीन लेखा शाखाका उपसचिव निर्मल न्यौपाने, लेखा अधिकृत शालिराम पराजुली र तत्कालीन लेखापाल नरबहादुर कुँवरलाई रु आठ/आठ हजार नगदसहित सम्मान गर्नुभयो । पुरस्कार वितरण गर्दै बेरुजु फछ्र्याेटमा गृह मन्त्रालय अन्तर्गतका निकायले देखाएको कार्यकुशलता प्रशंसायोग्य रहेको भन्दै उहाँले आगामी दिनमा योभन्दा अझै राम्रो कार्य गरेर देखाउन आग्रह गर्नुभयो ।