१४ बैशाख २०८१, शुक्रबार

चितवनमा बन्न लागेको शिक्षक अस्पतालबाट निजि शिक्षकले पनि निःशुल्क सेवा पाउने

chitwan deverndra

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले चितवनमा बन्न लागेको शिक्षक अस्पतालबाट निजि शिक्षकहरुले पनि निशुल्क सेवा पाउने बताउनुभएको छ ।

आइतवार भरतपुरमा भएको समसामायिक शैक्षिक सवाल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सबै शिक्षकलाई निःशुल्क सेवा दिने अस्पताल निर्माण गर्न लागिएको बताउनुभएको हो ।

‘हामीले शिक्षकहरुलाई अमानविय व्यवहार गर्दैनौ । निजि र सामुदायीक विद्यालयका सबै शिक्षकलाई निःशुल्क सेवा दिने गछौँ’, निजि विद्यालयका शिक्षकले राखेको प्रश्नप्रति उत्तर दिँदै मन्त्री पौडेलले भन्नुभयो, ‘तपाईहरु ढुक्क हुनुहोस् ।’ भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्ने गरि सरकारले तयारी गरेको छ । २१ बिगाह जग्गामा शिक्षक अस्पताल निर्माण गर्ने योजना अघि सारिएको छ ।

यस्तै मन्त्री पौडेलले सात वटै प्रदेशमा मेडिकल कलेज खोल्ने गरि सरकारले तयारी गरेको बताउनुभएको छ । ‘स्वदेशमै डाक्टर पढ्न नपाएर हजारौँ विद्यार्थी विदेश जानुपरेको छ ।

नेपालबाट अरबौँ रुपैयाँ बाहिरिएको छ’,उहाँले भन्नुभयो, ‘यसलाई रोक्न सरकारले सात वटै प्रदेशमा मेडिकल कलेज खोल्दै छ ।’ कार्यक्रममा उहाँले सामुदायीक विद्यालयहरु सुधारको पक्षमा सरकार रहेको बताउनुभएको छ । उहाँले भौतिक पूर्वाधार, शैक्षिक सिकाई प्रक्रिया र कानुनलाई परिमार्जन गरेर विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने बताउनुभयो ।