७ बैशाख २०८१, शुक्रबार

कांग्रेस पार्टी कार्यालयमा बिपीको शालिक स्थापना

BP Salik khotang

नेपाली कांग्रेस खोटाङको कार्यालयमा बिपी कोइरालाको शालिक स्थापना गरिएको छ ।

कांग्रेसको स्थापना दिवसको अवसरमा आइतबार कांग्रेसको दिक्तेलस्थित बिपि स्मृति भवनमा बिपीको अर्धकद्को शालिक स्थापना गरिएको हो ।

कांग्रेसका नेता, कार्यकर्ता तथा भ्रातृ संघसंगठनबाट जुटाइएको ३ लाख ४३० रुपैयाँमा निर्माण गरिएको बिपीको शालिक ‘घर–घर जाऔँ कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत खोटाङमा खटिएकी प्रतिनिधि तथा केन्द्रीय सदस्य कल्पना चौधरी, केन्द्रीय सदस्य सरस्वती बजिमय र कांग्रेस प्रदेश १ का महामन्त्री भुपेन्द्र राईले उद्घाटन गरेका छन् ।

कांग्रेस महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलको संयोजकत्वमा बिपीको शालिक निर्माण तथा ढुवानी गरेर कांग्रेसको कार्यालय परिषरमा स्थापना गरिएको हो । शालिक निर्माणका लागि २ लाख ८० हजार १११ रुपैयाँ मात्र संकलन भएपछि अपुग २० हजार ३१९ रुपैयाँ आफैँले व्यक्तिगत रुपमा खर्च गरेको पोखरेलले बताए ।