१३ बैशाख २०८१, बिहीबार

अर्थमन्त्रीलाई ओलीले भने– थुतुनोभरि रौँ भएको मुसाले धान खायो, चोट पाउने भ्यागुतो

kp oli janardan
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गर्नु गलन भएको बताएका छन् । शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्र सुधारको प्रयास गरिरहेका गभर्नरलाई कारबाही गरेकोमा आक्रोश व्यक्त गरेका हुन् ।

कार्यक्रममा बेल्दै उनले अर्थतन्त्र बिगार्ने मान्छे अर्कै भएको तर गभर्नरलाई अर्थतन्त्र बिगारेको आरोप लगाएर निकाल्नु भनेको ‘ थुतुनोभरि रौँ भएको मुसाले धान खायो, चोट पाउने भ्यागुतो’ भन्ने उखान जस्तै भएको बताए । त्यस्तै नेपालको अर्थतन्त्र अर्थमन्त्री जनार्दन शर्माले ध्वस्त पारेको उनको भनाइ छ ।

‘सरकारले गभर्नरलाई कारबाही गर्‍यो रे। जसले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दै थिए,’ अध्यक्ष ओलीले भने ।