१२ बैशाख २०८१, बुधबार

कोरोनाबाट मर्नुअघि ३२ बर्षिय युवाले पत्नी र छोराछोरीलाई लेखेको मर्मस्पर्शी पत्र

Jonathan Coelho

अहिले अमेरिका कोरोनाको इपिसेन्टर बनेको छ । अहिलेसम्म ५२ हजार भन्दा बढी अमेरिकीको ज्यान गएको छ भने ९ लाखभन्दा बढी संक्रमित भएका छन् ।

यसैबीच अमेरिकामा कोरोनाबाट मृत्यु भएका एक ३२ बर्षिय युवाले आफ्नी श्रीमती र बच्चालाई सम्बोधन गरेर लेखेको चिठी सामाजिक संजाल र मिडियामा चर्चाको विषय बनेको छ ।

युवकको मृत्युपछि उनकी पत्नीले युवाको मोबाइलमा सो पत्र भेटाएकी थिइन् ।

अमेरिकाको कनेक्टिकट राज्यको डेनबरीका ३२ बर्षिय जोन कोएल्होको कोरोनासँग एक महिनासम्म लडेर अप्रिल २२ मा निधन भयो । उनलाई २० दिनसम्म भेन्टिलेटरमा राखिएको भएपनि उनी बच्न सकेनन् ।

स्थानीय अदालतमा काम गर्ने जोनलाई अदालतमा काम गर्नेक्रममा नै कोरोनाको संक्रमण भएको थियो ।

पत्नी केटी अन्तिम समयमा उनलाई भेट्न अस्पताल जान खोजे पनि उनलाई र १० महिनाकी छोरीमा पनि हल्का लक्षण देखिएपछि छिटो जान नसकेको उनले बताइन, तर जतिबेला उनी अस्पताल पुगिन् त्यति बेला ढिला भइसकेको थियो ।

उनले लेखेको पत्रमा आफ्नी पत्नी तथा २ बर्षको छोरा तथा १० महिनाकी छोरीलाई सम्बोधन गरेका छन् ।

जोनले पत्रमा लेखेका छन् : मैले तिमीहरु सबैलाई आफुलाई भन्दा पनि बढी माया गर्छु । तिमीहरुले मलाई उत्कृष्ट जीवन दियौं ।

म निकै भाग्यशाली छु र मलाई यसमा गर्व छकी म तिम्रो पति तथा ब्रेडीन ९छोरा० र पेनी ९छोरी० को पिता हुँ । तिमीले यो सुनिस्चित गर्नुकी तिमि आफ्नो जीवन खुशी र त्यस्तै उत्साहले जिउनु, जसको कारणले मेरो तिमीसँग प्रेम भयो । बच्चाका लागि असल आमाको रुपमा तिमीलाई देख्नु निकै आनन्दको अनुभव रहयो ।

ब्रेडिनलाई बताइदिनुकी उ मेरो सबैभन्दा नजिकको साथी हो र उसको पिताहुनुमा मलाई गर्व छ । पेनेलाई बताइदिनुकी उ राजकुमारी हो, उसले जे चाह्यो त्यो पुरा हुनेछ । यदि तिमीले कसैलाई भेटायौ भने आफुलाई नरोक्नु , बस तिमीलाई र बच्चालाई उसले माया गरोस् । यसका लागि मैले तिमीलाई माया गर्नेछु । जे भएपनि तिमि खुशी रहनु ।