१३ जेष्ठ २०७९, शुक्रबार

संयुक्त वक्तव्य जारी गर्ने सत्ता गठबन्धनले चुनावी तालमेलका पक्षमा

gathabandhan

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकले आसन्न स्थानीय तह निर्वाचन र चुनावी तालमेलका लागि संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको छ ।

आगामी निर्वाचन सम्बन्धमा सो संयुक्त वक्तव्य आज, भोलि नै जारी हुने नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस नेता रामचन्द्र पौडेललगायत गठबन्धन दलका शीर्ष नेताहरुको सहभागिता थियो ।