१ जेष्ठ २०८१, मंगलवार

इन्धन सहजै पाइन्छ, अनावश्यक सञ्चिति नगरौं: निगम

6248216113217 cover

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अभाव नभएकाले अनावश्यक सञ्चिती नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।

देशभरका डिपोबाट ढुवानी शुरु भएको र सजिलै पेट्रोलियम पदार्थ पाइने भएकाले उपभोक्तालाई लाइनमा बसेर पेट्रोलियम पदार्थ भर्नुपर्ने अवस्था नभएको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

दुई दिन पेट्रोल ढुवानी नभएकाले अहिले केही पेट्रोल पम्पमा तेल अभाव भए पनि साँझसम्म सबै स्थानमा तेल पुग्ने निगमले जनाएको छ । पेट्रोलिय पदार्थ ढुवानी व्यवसायीहरुले शुक्रबार र शनिबार ढुवानीमा अवरोध गर्दा केही समस्या देखिए पनि विवाद समाधान भएको निगमले जनाएको छ ।

शनिबार बेलुका नेपाल आयल निगम र आन्दोलनरत ढुवानी व्यवसायीबीच सहमति भएसँगै आजदेखि पेट्रोलियम पदार्थ ढुवानीको अवरोध खुलिसकेको छ । नेपाल आयल निगम र पेट्रोलियम ढुवानी व्यवसायीबीच इन्धन कमिसनमा विवाद हुँदा राजधानीका पेट्रोल पम्पहरुमा भिड बढेको थियो ।