१ जेष्ठ २०८१, मंगलवार

पाक प्रधानमन्त्री खानले गरे संसद् भंग, भने- जनताले चुनावको तयारी गर्नुपर्छ

Imran Khan

पाकिस्तानको राष्ट्रियसभामा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ ।

यसपछि खानले देशलाई सम्बोधन गर्दै संसद भंग गरेर फेरि चुनाव गराउन राष्ट्रपतिलाई सिफारिस गरेको बताएका छन् । राष्ट्रिय सभामा विपक्षीले ल्याएको अविश्वासको प्रस्ताव अस्वीकृत भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशका नाममा सम्बोधन गर्दै अब जनताले चुनावको तयारी गर्नुपर्ने बताएका छन् । उनले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् ।

उनले भने, ‘देशका जनताले चुनावको तयारी गर्नुपर्छ । यसको भाग्यको निर्णय गर्ने अधिकार अरू कसैलाई छैन, तर यहाँका जनताले निर्णय गर्नेछन्।’

‘आज उपसभामुखले अस्वीकार गरेको अविश्वासको प्रस्तावका लागि म सम्पूर्ण समुदायलाई बधाई दिन्छु। हिजोदेखि सबैजना निराश थिए, मलाई सोध्दै, म उनीहरूलाई नडराउन भन्न चाहन्छु।’ खानले थपे, ‘उपसभामुखले आज आफ्नो संवैधानिक शक्ति प्रयोग गरी लिएको निर्णयपछि मैले व्यवस्थापिका–संसद् विघटन गर्ने निर्णय राष्ट्रपतिलाई बुझाएको छु ।’

यसअघि पाकिस्तानको राष्ट्रिय सभामा विपक्षीको अविश्वासको प्रस्तावलाई उपसभामुखले संविधानको धारा ५ को उल्लङ्घन भएको भन्दै खारेज गरिदिएका थिए ।