Close Me
२४ माघ २०८१, बिहीबार

बर्षाले खेल रद्ध भएसँगै गुजरात प्लेअफबाट बाहिरियो

GT

गुजरात टाइटन्स आईपीएलको प्लेअफ दौडबाट बाहिरिने तेस्रो टोली बनेको छ । कोलकाता नाइट राइडर्स भने शीर्ष दुईमा रहँदै क्वालिफायर खेल्ने पहिलो टोली बनेको छ ।

गएराति गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल वर्षाका कारण टस नै नभई रद्द भएपछि गुजरात आफ्नो एक खेलअघिनै लिगबाट बाहिरिएको हो ।

खेल रद्द भएपछि दुवै टिमले १-१ अंक बाँडे । जित्नै पर्ने खेलमा अंक बाँड्नुपरेपछि गुजरातको शीर्ष चारमा पुग्ने सम्भावना समाप्त भएको हो । दुई सिजनअघि मात्र गठन भएको गुजरात आफ्नो पहिलो सिजनमै च्याम्पियन बनेको थियो भने गत सिजन उपविजेता बनेको थियो ।

गुजरातको १३ खेलमा ११ अंक छ । कोलकाता भने शीर्ष दुईमा रहेर पहिलो क्वालिफायरमा प्रवेश गरेको छ । ऊ यस सिजन क्वालिफायरमा स्थान बनाउने पहिलो टोलीसमेत बनेको छ ।

आईपीएलमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स खेल्दै छन् । प्लेअफ सम्भावना कायमै रहेका दुवै टोलीलाई अघिल्लो चरण प्रवेशका लागि आज जित्नैपर्ने दबाब छ ।

    सम्बन्धित समाचार...