३ आश्विन २०८१, बिहीबार

सन्दीप लामिछानेको पेसी आज, मुद्दाको फैसला के होला ?

Sandeep Lamichhane

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तानसमेत रहेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ । उच्च अदालत पाटनमा सन्दीपले दायर गरेको पुनरावेदनको पेसी आजलाई तोकिएको हो ।

यसअघि गत २३ वैशाखको पेसी स्थगित भएको थियो । गौशाला २६ माथि बलात्कार गरेको आरोपमा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले आठ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना र क्षतिपूर्तिको फैसला भइरसकेको छ । यसैबीच उनले पुनरावेदन दिएका हुन् ।

आजको पेसीको फैसला हुँदै सन्दीपले सफाई पाए अमेरिका र वेष्ट इण्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउन सम्भावना रहेको छ ।

पछिल्लो समय सन्दीपको कानूनी टोलीमा वरिष्ठ अधिवक्ता रामनारायण बिडारी जोडिएका छन् । उच्च अदालतमा विचाराधीन मुद्दामा बहस गर्न सन्दीपले उनलाई ‘हायर’ गरेका हुन् ।

सन्दीपसँग यसअघि पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठदेखि वरिष्ठ अधिवक्ता शम्भु थापासम्म रहेका थिए । उनीहरूले जिल्ला अदालतमा सन्दीपको पक्षबाट बहस गरिसकेका छन् ।

यस्तै, वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, मुरारी सापकोटा र सविता भण्डारी पनि टोलीमा छन् । टोलीको संयोजन अधिवक्ता सरोज घिमिरेले गरिरहेका छन् । बिडारी देवानी तथा फौजदारी कानूनमा विज्ञ छन् ।

    सम्बन्धित समाचार...