१६ चैत्र २०८०, शुक्रबार

भयरहित ढंगले निर्वाचनमा मतदान गर्ने वाताबरण बनाउन सबैको सहयोग आवश्यक: गृहमन्त्री खाँण

Balkrishna khad 1
फाइल फोटो

कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले हाल जनप्रतिनिधिको रुपमा काम गरिरहेकाहरुले निर्वाचनमा भाग लिन राजीनामा दिनुपर्ने विषय संसोधन गर्न निर्वाचन आयोगलाई सरकारले आग्रह गरेको बताउनु भएको छ ।

शनिवार पूर्वी पहाडी जिल्लाहरुको विभिन्न कार्यक्रममा निस्कनु भएका गृहमन्त्री खाँडले तेह्रथुमको कार्यक्रममा स्थानीय तहको निर्वाचनमा हाल काम गरिरहेका जनप्रतिनिधिले उम्मेदवार बन्न राजिनामा गर्नुपर्ने निर्वाचन आयोगको निर्णय पुनर्विचार गर्न आग्रह गरेको बताउनु भयो । सरकारले निर्वाचन आयोगलाई औपचारिक रुपमा पत्र नै लेखेर निर्णय पुनर्विचार गर्न आग्रह गरेको बताउनु भयो ।

कार्यक्रममा गृहमन्त्री खाँड आगामी स्थानीय तहको निर्वाचनमा सबै क्षेत्र वर्ग समुदायले भयरहित ढंगले मतदान गर्ने वाताबरण बनाउन सबैले सहयोग गर्नुभयो । सबै राजनीतिक दल पार्टीले निर्वाचनमा भाग लिन पाउने अधिकार भएकोले सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

गृहमन्त्री खाँणले शनिवार तेह्रथुमको म्याङलुङमा जिल्ला प्रशासन कार्यालयको नवनिर्मित उद्घाटन गर्नुभयो । साथै गृहमन्त्री खाँडले आज नै धनकुटा सदरमुकाम धनकुटामा स्थानीय कार्यकताले आयोजना गरेको कांग्रेसको घरदैलो कार्यक्रममा सम्बोधन गर्नु भएको थियो ।